२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो मिस्टर बुल्समेन राष्ट्रिय शारीरिक सुगठन हुँदै



अ+ अ-

काठमाडौँ । चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि शुरु हुने भएको छ ।

प्रत्येक दुई वर्षको अन्तरमा बुल्समेन क्लब पोखराको आयोजनामा हुँदै आएको प्रतियोगिता आगामी शुक्रवार र शनिवार सानेपास्थित हेरिटेज गार्डेन सञ्चानल हुने भएको हो । बुधवार बुल्समेन क्लव पोखराले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । वि.सं. २०७१ सालदेखि शुरु भएको प्रतियोगिताको दोस्रो संस्करण २०७३ सालमा भएको थियो । २०७५ सालमा तेस्रो संस्करण भएपनि चौथो संस्करण भने निर्धारित समयमा नै हुन सकेन ।

२०७७ मा हुनुपर्ने चौथो संस्करण कोरोना महामारीका कारण हुन नसकेको हो । यस अघिका संस्करण पोखरामा आयोजना भएपनि आयोजकले पहिलो पटक उपत्यका केन्द्रित गर्दै प्रतियोगिता सञ्चालन गर्न लागेको छ । आयोजकका अध्यक्ष नुना गुरुङले प्रतियोगितालाई देशव्यापी रूपमा बनाउँदै प्रायोजक भित्राउने उद्देश्यअनुरूपमा उपत्यकामा खेल आयोजना गरिएको बताउनु भयो । प्रतियोगितामा पुरुषतर्पm बडी बिल्डिङमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी तौलसमूह र ८० केजी तौलमाथि समूहमा प्रतिष्पर्धा हुनेछ ।

पुरुषको फिजिकमा एक सय ७० सेमीभन्दा माथि र तल गरी नौ विधा समावेश गरिएको छ । महिलामा भने वेल्नेस र फिजिकमा खुला प्रतिष्पर्धा हुनेछ । बडी बिल्डिङमा ओभरल च्याम्पियनले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक तौलसमूहका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । पुरुष तथा महिला फिजिकतर्पmका विजेतालाई एक लाख, उपविजेता ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपौयाँ प्रदान गरिनेछ । प्रतियोगिता आयोजना गर्न ६५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

त्यस्तै आयोजकले प्रतियोगिताबाट करिव १५ लाख वचत हुने र सो रकम शारीरिक सुगठनको विकास र बुल्समेन खेलाडी अक्षयकोष स्थापना गरी खेलाडीको हकहीतका लागि खर्च गर्ने जनाएको छ । प्रतियोगितामा उपत्यका बाहिरका खेलाडीलाई तीन हजार भत्ता दिने र उनीहरूसँग दर्ता शुल्क एक हजार रूपैयाँ लिने आयोजकका अध्यक्ष नुना गुरुङले जानकारी दिए । प्रतियोगिताका लागि अहिलेसम्म एक जना खेलाडीले नाम दर्ता गरिसकेका छन् ।