२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तकला विधेयक तयार भइसक्यो: मुख्यमन्त्री जम्कट्टेल



अ+ अ-

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भसकेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उहाँले सो कुरा बताउनुभएको हो ।

उक्त विधेयक लागू भइसकेपछि हस्तकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने चर्चा गर्दै मुख्यमन्त्री जम्कट्टेलले हस्तकलाबाट स्वरोजगार सिर्जना र विदेशमा समेत निर्यात भएर राज्यलाई आम्दानी भइरहेकाले यसको विकास र प्रबद्र्धनमा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र आयोजक सङ्घका अध्यक्ष नवीन शाक्यलगायतले हस्तकलाका विविध विषयमा चर्चा गर्नुभएको थियो । रासस