काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण पुष्टि भएको छ । ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।
आफूलाई खासै अप्ठ्यारो नभएको र आफ्नो ख्याल गरिरहेको उनले ट्वीटरमा बताएका छन् । समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ? भनेर पनि उनले प्रश्न गरेका छन् ।











