१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो । 

कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । 

बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटव्यूरो , स्थायी समितिको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको माओवादीले जनाएको छ ।