• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   बागमती प्रदेशसभा बैठक बस्दै ★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न ★   नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने ★   पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि… ★   भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु ★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता

‘जवान’ र ‘पठान’को सफलतापछि १००० करोड कमाई गर्ने पहिलो बलिउड अभिनेता बने शाहरुख



एजेन्सी । ४ वर्षको लामो ब्रेकपछि फिल्म ‘पठान’सँग शाहरुख खानको कमब्याकले बक्स अफिसमा एकपछि अर्को इतिहास रचिरहेको छ । पहिले ‘पठान’ र अब ‘जवान’, दुवै फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गरेका छन् ।

पठान बक्स अफिसमा हिन्दी सिनेमाको अल टाइम ब्लकबस्टर बनेको छ भने हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्दै आएको छ ।

भारतीय बक्स अफिसमा हालसम्म कुल ४४२.७३ करोड कमाएको जवानले विश्वव्यापी रुपमा ७०० करोडभन्दा बढीको व्यापार गरेको छ । शाहरुख खान, नयनथारा र विजय सेतुपति अभिनित एट्ली निर्देशित जवान फिल्म बक्स अफिसमा ब्लकबस्टरको रुपमा उभिएको छ ।

पठान र जवानको सफलतापछि शाहरुख एक वर्षमा १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् । सन् २०२३ मा पठान र जवान जस्ता एकपछि अर्को दुई ठूला ब्लकबस्टर फिल्म दिने शाहरुख बलिउडको बादशाह बनेका छन् । एक वर्षमा शाहरुखले आफ्ना दुई फिल्मबाट १ हजार करोडभन्दा बढी कलेक्सन गरेका हुन् । पठानले जम्मा ५४३.४३ करोड र मात्र २ दिनमा २०० करोडको आँकडा पार गरेको जवानले दोस्रो सातापछि ४७९.९९ करोड कमाउन सफल रह्यो ।

२०२३ मा केवल दुई फिल्म रिलीजले शाहरुख १०२३ करोड को कुल कलेक्शनसम्गै बक्स अफिस राजा बने । शाहरुखलाई अन्य कलाकारसँग तुलना गर्ने हो भने, जहाँ अक्षय कुमारले २०१९ मा चारवटा रिलिजका साथ बक्स अफिसमा कूल ७५७.१३० करोड कमाई गरेका थिए । अब शाहरुखले अक्षयको कीर्तिमान तोडेर सबैभन्दा धेरै कमाउने अभिनेताको रेकर्ड राखेका छन् ।