५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छः मदनकृष्ण श्रेष्ठ



अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गर्नुभयो । उहाँले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले अहिले विकृति झनै मौलाइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ । तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन तर त्यो बेला पनि भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद थियो । त्यति पनि अब हुँदैन भन्ने लाग्यो । तर अहिले झनै धेरै विकृति बढ्यो । पहिला अवार्ड पाउँदा एकदम अवार्ड पाएँ र जिम्मेवारी पाएँ जस्तो लाग्थ्यो । अब चाहीँ पैसा आउने पुरस्कार दिएको जस्तो लाग्दो रहेछ । २५ हजार पनि छ रे नत्र पहिला कागज मात्रै आउँथ्यो । कागज लियो, दंग परेर गयो । अहिले पैसा देखिँदा मजा आयो । अहिले पुरस्कार लिँदा आफूले गरेका काम ठिकै रहेछ र स्याब्बासी पाएको जस्तो लाग्यो ।’

उहाँले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याब्बासी पाएको महशुस भएको बताउनु भयो ।




भर्खरै