२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताउनु भयो । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले धरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट पार्नुभयो ।

ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उहाँको स्मरणमा आफ्नो पार्टीले ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘हामी संविधान दिवस पनि मनाईरहेका छौं । र, जुन संविधान बनाउँदा संविधान बनाउने संविधान सभाको अध्यक्ष सुवाषचन्द्र नेम्वाङजी हुनुहुन्छ । यसपल्ट दुखद् कुरा हो । यस अगाडिका संविधान दिवसहरु हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौं । चाहे सरकारी तवर होस, चाहे गैरसरकारी तवरमा होस् । हामीले सधैँ मनाइरहेका छौं । र, उहाँको उपस्थिति हुने गर्दथ्यो ।

यसपल्ट उहाँको उपस्थिति नभएर सुवाष नेम्वाङ र संविधान भनेर संविधानमा सुवाष नेम्वाङको पदचिन्ह के छ , उहाँको कन्ट्रिब्युशन के छ ? उहाँका चिन्हहरु के छ ? उहाँले दिनु भएको दिशा निर्देश, गोरेटको के छ ? उहाँका योगदानका पत्रहरु के छन् ? ती विषयहरुमा हामी छलफल गर्छौैं, गरिरहेका छौं । थुप्रै साथीहरुले विचार राखिसक्नुभएको छ । अरु पक्षहरुमा म जान चाहन्न । आज संविधानको सन्दर्भमा, सुवाषचन्द्र नेम्वाङजीको सन्दर्भमा, उहाँका योगदानको सन्दर्भमा मात्रै केन्द्रित भएर चर्चा गर्न चाहन्छु । त्यसर्थ म अहिले अरु विषयहरुतिर जान चाहिन ।

अरु विभिन्न सन्दर्भमाहरु आइहाल्छन् । त्यसमा चर्चा गरौँला । मलाई के लाग्छ भने आज देश जहाँ पुगेको छ । यतिबेला सबैले गम्भिर भएर सोच्नपर्ने अवस्था, साँच्चै गम्भिर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ । आज सबै पार्टी, सबै पक्षहरु मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्रभने धरै प्रकारका खतराहरुबाट हामी जेलिदैछौं । त्यो गम्भिर परिस्थिति छ । त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरुको कर्तव्य हो यो ।

प्रमुख राजनीतिक दलहरु जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन । जिम्मा, जमानी बसेर धेरै बलिदान भएको छ । जिम्मा, जमानी बसेर धेरैका घरबार, परिवार उजाड भएका छन । प्रमुख राजनीतिक दलहरुको आह्वानमा धेरैले जीवन आहूति गरेका छन् । धेरैको क्षति भएको छ । धेरै ठूलो हिसाव गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउँमा आइपुगेका छौं । यी आजको उपलब्धिहरु जे छन् । यी यतिकै होइन आकाशबाट आएका होइनन् । यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँशु, कठिनाईहरुसँग जुधेर यहाँ ल्याई पुर्याएका छौं ।

यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन । अब शब्द खेलाएर केही पनि हुँदैन । साँच्चै देशका प्रति, प्रमुख राजनीतिक दलहरु जिम्मेवार हुनुपर्छ । र, सुवाष नेम्वाङ र संविधानको कुरा गर्दा म भन्न चाहन्छु–जसले संविधान निर्माण गर्याे, जसले संविधान निर्माणको अगुवाई गर्यो, उहाँ त हुनुहुन्न । अब अरुत छौँ नि संविधान निर्माण गर्नेहरु । उहाँको योगदानको सम्मान र प्रशंशा गर्दै ती उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नुपने बेला आएको छ । सबैमा चेतना भया । तर नेकपा एमाले प्रतिवद्ध छ । यी उद्देश्यहरुलाई तलमाथि हुन नदिन, समृद्ध नेपालः सुखी नेपालको गन्तव्यमा मुलुकलाई पुर्याई छोडन एमाले प्रतिवद्ध छ ।’

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गर्नुभयो ।