१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहेअघि राघव–परिणितीको परिवारबीच दिल्लीमा क्रिकेट खेल हुने



अ+ अ-

एजेन्सी । आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाले सेप्टेम्बर २४ मा उदयपुर (भारत)मा विवाह गर्दैछन् ।

परिणिती–राघवको विवाह अघि दिल्लीमा दुई परिवारबीच क्रिकेट खेल हुने भएको । भारतीय सञ्चारमाध्यमका अनुसार विवाहअघि दुवै परिवारका पाहुनाका लागि विभिन्न किसिमका खेल र मनोरञ्जनात्मक कार्यक्रमको योजना बनाइएको छ ।

यो चोपडा भर्सेस चड्ढा परिवारको खेल हुनेछ । राघव–परिणितीका विशेष साथीहरू पनि यो खेलको हिस्सा हुनेछन् । यो खेलपछि दुवैको परिवार विवाह समारोहका लागि उदयपुर जानेछन् ।

उदयपुरमा सेप्टेम्बर २३ देखि विवाह समारोह सुरु हुँदैछ । यी कार्यक्रमहरु होटल लीला प्यालेसमा हुनेछन् । यसपछि चण्डीगढमा रिसेप्शन पार्टी हुनेछ । विवाह समारोह २४ सेप्टेम्बरमा उदयपुरको ताजलेक होटलमा हुनेछ ।

विवाहमा आउने पाहुनाको नामावली पनि टुंगो लागेको छ । यो विवाहमा कांग्रेस नेता राहुल गान्धी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जाबका मुख्यमन्त्री भगवन्त मान, राज्यसभा सदस्य कपिल सिब्बल, आप सांसद सञ्जय सिंह र कांग्रेस पार्टीका प्रवक्ता अभिषेक मनु सिंघवीलाई पनि निम्तो दिइएको छ ।

विवाहमा बलिउड उद्योगका दिग्गज कलाकार पनि सहभागी हुनेछन् । विवाहमा परिणीतिकी बहिनी प्रियंका चोपडा पनि सहभागी हुनेछिन् ।

राघव(परिणितीको यही वर्ष दिल्लीको कपुरथला हाउसमा इन्गेजमेन्ट भएको थियो ।