४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर पक्षको भेला सुरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै भेला सुरू भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकअघि नेता कोइरालाले डाकेको बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा सुरु भएको हो ।

बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय कार्यसमिति सदस्य डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडू, गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका नेताहरू सहभागी छन् ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत बोलाइएकामा उनीहरू भने बैठकमा उपस्थित भएका छैनन् ।