३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावा प्रधानमन्त्री खड्काद्वारा मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल



अ+ अ-

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

रक्षामन्त्रालयमा सोमबार सबै मन्त्रीहरूसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले आ-आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुनेगरी कार्यसम्पादन गर्न हामी सबै लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको शान्तिसुरक्षामा खलल पुर्‍याउने र नागरिकमा वितृष्णा फैलाउने तत्त्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्ति(सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महंगी नियन्त्रणमा नतिजा आउनेगरी तथा आम नागरिकले राहत महसुस गर्नेगरी समयसीमा तोकेरै हामी सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिनुभयो ।

छलफलमा सहभागी माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै माननीय मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति-सुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ(आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।