९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा रामपुरका दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स



अ+ अ-

रामपुर । पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ ।

नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा नं १० स्थित गेझा स्वास्थ्यचौकीलाई एक÷एकवटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले आज सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यचौकीप्रमुखलाई हस्तान्तरण गर्नुभयो ।

नगरपालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवाउपलब्ध गराउन सकियोस भनेर एम्बुलेन्स बिस्तार गरिएको उहाँको भनाइ थियो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिव तथा विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमालगायत स्वास्थ्यकार्यक्रम समावेश गरी सञ्चालन गरिरहेको छ । रासस