६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जवान’को सफलताकाबीच मन्नतबाट बाहिर आए शाहरुख



अ+ अ-

एजेन्सी । शाहरुख खानको फिल्म जवानले बक्स अफिसमा हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

यसैबीच, आइतबार सुपरस्टार शाहरुख आफ्ना प्रशंसकहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्नो घर ‘मन्नत’को बालकनीमा देखा परे । जसको एउटा भिडियो सामाजिक सञ्जालमा आएको छ । भिडियोमा ‘किंग खान’ बालकनीमा आफ्नो सिग्नेचर पोज दिइरहेको देखिन्छ ।

शाहरुखले नीलो टि–सर्ट र कालो ट्राउजर लगाएका छन् । उनले फ्यानहरूतर्फ हात हल्लाए र उनीहरूलाई फ्लाइङ किस दिइरहेको देखिन्छ । यति मात्र होइन, किङ खानले फ्यानलाई हात जोडेर अभिवादन पनि गरे ।

‘जवान’ भारतमा ५०० करोडको आँकडा पार गर्नेतर्फ द्रुत गतिमा अघि बढिरहेको छ । फिल्म ट्रेड एनालिस्ट मनोबाला विजयबलनका अनुसार वल्र्ड वाइड कलेक्शनको कुरा गर्ने हो भने फिल्मले रिलिजको ११ औं दिनमा ८०० करोडको कलेक्सन पार गरिसकेको छ ।

एट्लीद्वारा निर्देशित यो फिल्म सेप्टेम्बर ७ मा रिलिज भएको थियो । यस फिल्ममा शाहरुख खान, विजय सेतुपति र नयनतारा मुख्य भूमिकामा थिए । फिल्ममा दीपिकाको क्यामियो थियो । यी बाहेक सान्या मल्होत्रा, सुनिल ग्रोवर, प्रियमणी, रिद्धि डोग्रा, सञ्जिता भट्टाचार्यको पनि महत्वपूर्ण भूमिका छ ।