२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जवान’को सफलताकाबीच मन्नतबाट बाहिर आए शाहरुख



अ+ अ-

एजेन्सी । शाहरुख खानको फिल्म जवानले बक्स अफिसमा हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

यसैबीच, आइतबार सुपरस्टार शाहरुख आफ्ना प्रशंसकहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्नो घर ‘मन्नत’को बालकनीमा देखा परे । जसको एउटा भिडियो सामाजिक सञ्जालमा आएको छ । भिडियोमा ‘किंग खान’ बालकनीमा आफ्नो सिग्नेचर पोज दिइरहेको देखिन्छ ।

शाहरुखले नीलो टि–सर्ट र कालो ट्राउजर लगाएका छन् । उनले फ्यानहरूतर्फ हात हल्लाए र उनीहरूलाई फ्लाइङ किस दिइरहेको देखिन्छ । यति मात्र होइन, किङ खानले फ्यानलाई हात जोडेर अभिवादन पनि गरे ।

‘जवान’ भारतमा ५०० करोडको आँकडा पार गर्नेतर्फ द्रुत गतिमा अघि बढिरहेको छ । फिल्म ट्रेड एनालिस्ट मनोबाला विजयबलनका अनुसार वल्र्ड वाइड कलेक्शनको कुरा गर्ने हो भने फिल्मले रिलिजको ११ औं दिनमा ८०० करोडको कलेक्सन पार गरिसकेको छ ।

एट्लीद्वारा निर्देशित यो फिल्म सेप्टेम्बर ७ मा रिलिज भएको थियो । यस फिल्ममा शाहरुख खान, विजय सेतुपति र नयनतारा मुख्य भूमिकामा थिए । फिल्ममा दीपिकाको क्यामियो थियो । यी बाहेक सान्या मल्होत्रा, सुनिल ग्रोवर, प्रियमणी, रिद्धि डोग्रा, सञ्जिता भट्टाचार्यको पनि महत्वपूर्ण भूमिका छ ।

 




भर्खरै