७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यान्नको निःशुल्क होम डेलिभरी गर्दै खाद्य कम्पनी



अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो ।

बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, खानेतेल, स्यानिटाइजर लगायत वस्तुको निःशुल्क डेलिभरी शुरू गरिएको जानकारी दिएको छ । त्यसका लागि कम्पनीले आफ्नो अनलाइन पोर्टल डब्ल्यूडब्ल्यूडब्ल्यू डट नेपालफूड डट जीओभी डट एनपी मार्फत चक्रपथ भित्र र डब्ल्यूडब्ल्यूडब्ल्यू डट सस्टोडिल डट कम मार्फत उपत्यकाका तीनवटै जिल्लाका उपभोक्ताको घरदैलोसम्म खाद्य सामग्री पुर्‍याउन थालिएको बताएको छ । 

कम्पनीसँग पर्याप्त मात्रामा मौज्दात रहेकाले अभाव हुने त्रासले अनावश्यक रूपमा खाद्यान्न सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरिएको छ । कम्पनीले बिहान र बेलुकाको समयमा कम्पनीका विक्री केन्द्रहरू नक्खु, रामशाहपथ, थापाथली र सूर्यविनायकबाट समेत खाद्य सामग्री विक्री गरिरहेको छ । आर्थिक अभियान दैनिकमा छ ।