• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

श्रीलंकालाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि, दुई ओपनरले सकाईदिए खेल



एजेन्सी । भारतले एसिया कप २०२३ को उपाधि जितेको छ । भर्खरै सम्पन्न खेलमा भारतले श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको हो । भारतको यो आठौं उपाधि हो ।

कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा भएको खेलमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६.१ ओभरमै लक्ष्य पूरा गर्यो । भारतका लागि ओपनरद्वय शुभमन गिल १९ बलमा २७ रनमा तथा इशान किशन १८ बलमा २३ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको श्रीलंका १५.२ ओभरमै ५० रनमा अलआउट भयो । उसका लागि कुसल मेन्डिसले ३४ बलमा १७ रन र दुशन हेमन्थले १५ बलमा १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कुसल परेरा, सदिरा समराविक्रमा, चरिथ असलान्का, दाशुन शनाका र मथिशा पथिराना शून्य रनमै आउट भए ।

बलिङतर्फ भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट लिए । यस्तै, हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।