५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकालाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि, दुई ओपनरले सकाईदिए खेल



अ+ अ-

एजेन्सी । भारतले एसिया कप २०२३ को उपाधि जितेको छ । भर्खरै सम्पन्न खेलमा भारतले श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको हो । भारतको यो आठौं उपाधि हो ।

कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा भएको खेलमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६.१ ओभरमै लक्ष्य पूरा गर्यो । भारतका लागि ओपनरद्वय शुभमन गिल १९ बलमा २७ रनमा तथा इशान किशन १८ बलमा २३ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको श्रीलंका १५.२ ओभरमै ५० रनमा अलआउट भयो । उसका लागि कुसल मेन्डिसले ३४ बलमा १७ रन र दुशन हेमन्थले १५ बलमा १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कुसल परेरा, सदिरा समराविक्रमा, चरिथ असलान्का, दाशुन शनाका र मथिशा पथिराना शून्य रनमै आउट भए ।

बलिङतर्फ भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट लिए । यस्तै, हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।