१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई एसिया कप जित्न ५१ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल जारी छ । कोलम्बोस्थित आर प्रेमदासा मैदानमा जारी खेलमा श्रीलंकाले भारतसामु ५१ रनको झिनो लक्ष्य दिएको छ । यो भारतविरुद्धको कुनै पनि टोलीको सबैभन्दा कम स्कोर हो ।

टस जितेर ब्याटिङ थालेको श्रीलंका १५.२ ओभरमै ५० रनमा अलआउट भयो । उसका लागि कुसल मेन्डिसले ३४ बलमा १७ रन र दुशन हेमन्थले १५ बलमा १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कुसल परेरा, सदिरा समराविक्रमा, चरिथ असलान्का, दाशुन शनाका र मथिशा पथिराना शून्य रनमै आउट भए ।

बलिङतर्फ भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट लिए । यस्तै, हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।