४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संविधानमा संशोधनको आवश्यकता

संविधानमा संशोधनको आवश्यकता
अ+ अ-

नेपालमा २००४ सालदेखि आजसम्म सात–आठ वटा संविधान बनेका छन् र खारेज भएका छन् । यसरी हेर्दा तिनको आयु सरदर १० वर्ष रहिआएको देखिन्छ । त्यसले नेपाल अति नै लामो राजनीतिक सङ्क्रमणकालबाट गुज्रिरहेको छ भन्ने स्पष्टै देखाउँछ । देशमा रहेको राजनीतिक अपरिपक्वता र अदूरदर्शीता पनि यसैबाट देखिन्छ । यसका धेरै कारण छन् ।

वर्तमान नेपालको संविधान दोस्रो संविधान सभाबाट बनेको हो । पहिलो संविधान सभाको चुनाव २०६४ व्यर्थ भयो । चार वर्षको कालक्षेपण भयो । अर्बौं रूपियाँ खर्च भयो । त्यसले पनि नेपालको राजनीतिक नेतृत्वको अपरिपक्वता र अदूरदर्शीता देखाएकै थियो । दोस्रो संविधान सभाको चुनाव २०७० मा भयो र त्यसले पनि आफ्नो म्याद सकिनै लाग्दा बल्लबल्ल २०७२ सालमा संविधान बनायो । जनताका सुझाव र आकांक्षा एकातिर संविधान अर्कोतिर बनाउने काम भयो । संविधानको स्वागतमा साँझमा दीपावली पनि भए र त्यसै साँझ संविधानको प्रतीक किताब जलाउने काम पनि भए । संविधान विवादित भइरह्यो र विवादमा देशभित्रका र देश बाहिरका शक्तिहरू खुलेर लागेको देखियो । त्यसलाई रोक्नेसम्म्म प्रयास पनि भयो । तर जतिसुकै अस्वीकार्य रूपमा भएपनि आयो ।

वर्तमान संविधानका तीन प्रमुख विशेषता भन्नु सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र हुन् । यी तीनै गम्भीर विषय अझै विवादित छन् । यस संविधानको संरक्षण गर्नु आजको ठूलो कर्तव्य र दायित्व हो । सङ्घीयता र खासगरी अत्यधिक सांसद र मन्त्रीहरूको सङ्ख्या भएको प्रादेशिक संरचना र सरकार आर्थिक दृष्टिले धानी नसक्नुको भयो भन्ने एकथरि गुनासो छ । नेताहरुले प्रजातान्त्रिक संस्कार देखाउँदै स्थानीय निकायलाई संविधान, नियम र कानूनमार्फत धेरै अधिकार दिएर तिनमा सशक्तता र जिम्मेवारीको विकास गर्ने अधिकार दिनुपथ्र्यो । केन्द्र र स्थानीय निकायको बीचमा बनेको प्रदेश सरकारले आफ्नो साधन स्रोत परिचालन गरेर आफैँले उठाएको करबाट विकास गर्ने क्षमताको विकास गर्न सक्नुपथ्र्यो तर यस दिशामा अझैसम्म प्रभावकारी कदम चाल्न सकिएको छैन ।

केन्द्र सरकारले देशको विकासका लागि राष्ट्रिय गौरवका ठूला योजना सञ्चालन गर्ने, राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धको जिम्मेवारी लिने, आर्थिक र मौद्रिक नीति बनाउने र अनुगमन गर्ने र सुरक्षाका लागि सेनाको संगठन र परिचालन गर्ने जिम्मा लिनु पर्छ । अरू सवै विकास कार्य स्थानीय सरकार या निकायको जिम्मेवारीमा सुम्पिनु आवश्यक छ ।

प्रदेश सरकारका बारेमा राम्ररी बुझाउन नसक्दा यसको औचित्यमाथि प्रश्न तेर्सिने अवस्था छ । प्रदेश सरकारमा कतिसम्म समस्या भएको देखियो भने नामसम्ममा पनि विवाद भइरहेको छ । विकासको काम त कता हो कता ? नाम चाहिएको छ कि काम ? देशमा काम नपाएर दिनहुँ हजारौं युवा युवती विदेसिइहेका छन् । गाउँघर रित्ता भएका छन् । स्वदेशमा पढ्ने वातावरण नभएर लाखौं विद्यार्थी वर्षैपिच्छे विदेसिएका छन् । क्याम्पसहरू खाली हुन थालेका छन् । मुलुक युवाविहीन हुने अवस्थामा हुने अवस्थामा पुग्दैछ । युवाविहीन हुनु भनेको मुलुक पछाडि धकेलिनु हो । सम्बद्ध सबै पक्ष यसतर्फ गम्भीर हुन आवश्यक छ ।

देश सङ्घीयतामा जान हुँदैन र गएपनि तीनदेखि पाँचवटा सम्म प्रदेश भए पुग्छ भन्ने अधिकांशको राय त्यतबिेला पनि प्रमुख रुपमा उठेको थियो । तर १४/१५ वटासम्म प्रदेश बनाउने प्रस्तावमाथि छलफल भयो र अन्त्यमा सातवटा प्रदेश बनाइयो । आज त्यसले पनि राम्ररी काम गर्न नसकेर समस्या ल्याएको छ ।

अहिले धर्मनिरपेक्षता अर्को विवादित विषय भएको छ । नेपाललाई हिन्दू राष्ट्र कायम राख्नुपर्छ भन्ने सामाजिक समूहहरू मात्र होइन, राष्ट्रिय स्तरका राजनीतिक पार्टीहरू पनि यसलाई आफ्नो राजनीतिको एक प्रमुख एजेन्डा बनाएर जनतामाझ आफ्ना कुरा राखिरहेका छन् । बेलायत धर्मनिरपेक्ष राष्ट्र होइन, क्रिश्चियन राष्ट्र हो किनकी व्यवहारमा चर्च अफ इंगल्याण्डको मुख्य गभर्नर बेलायतकी रानी वा राजा हुन्छन् । तर त्यो राज्य उदार छ र ऋषि सुनक जस्ता हिन्दू धर्मालम्बी पनि प्रधानमन्त्री हुनमा आपत्ति छैन, हुन सक्छन् र भएकै छन् । सादिक खान लण्डनको मेयर छन् । उनलाई जनताले चुने, मेयर भए । नेपाल संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुँदा पनि उदारै थियो । मोहम्मद मोहसिन राष्ट्रिय सभाको अध्यक्ष हुन रोकिएको थिएन ।

गणतन्त्र अर्को महत्वपूर्ण विषय छ । नेपालमा गणतन्त्रलाई संवैधानिक राजतन्त्रको स्थानापन्न ९सब्स्टिच्युट० का रूपमा ल्याइयो । नेपाली जनताको लामो त्याग र तपस्याबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई समयमै समयानुकूल परिमार्जन गर्नु असजिलो मान्नु हुँदैन । (लेखक पूर्व राजदूत राजनीतिक विश्लेषक हुन्हुन्छ)