२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराजले एकै ओभरमा ४ विकेट लिए, श्रीलंकाको आधा टोली ४ ओभरमै पेभिलियन फिर्ता



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेपनि श्रीलंकाको सुरुवात राम्रो भएन ।

टोलीले ४ ओभरमा ५ विकेट गुमाएर १२ रन बनाएको छ । कुसल मेन्डिस र कप्तान दासुन शनाका क्रिजमा छन् ।

मोहम्मद सिराजले चौथो ओभरमा ४ विकेट लिए । उनले चरिथ असालान्का, सदिरा समराविक्रमा, पाथुम निसान्का र धनञ्जय डी सिल्भालाई आउट गरे ।