१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन नीतिको पछाडि दीर्घकालीन रणनीति हुन्छ– प्रचण्ड



अ+ अ-

काडमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले लिने तत्कालीन नीतिका पछाडि दीर्घकालीन रणनीति हुने बताउनुभएको छ । पार्टीको यस्तै नीति नबुझ्दा विगतमा माओवादी पार्टी फुटेको र अहिले बुझ्न थालेपछि विस्तारै पार्टीमा फर्किन थालेको उहाँले बताउनुभयो । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाको जुम्ला जिल्ला समितिलाई आज माओवादीमा प्रवेश गराउँदै उहाँले क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किन थालेको बताउनुभयो । उहाँले अन्य साथीहरुलाई पनि पार्टीमा फर्कन आह्वान गर्नुभयो ।

विगतमा पार्टीले बनाएको नीतिप्रति भ्रम सिर्जना भएर पार्टी छोड्नेहरु अहिले पार्टीको दीर्घकालीन रणनीति बुझेर मूल पार्टीमा फर्किन थालेको उहाँको भनाइ थियो । 

विप्लव नेतृत्वको जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ लगायतका जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।