२२ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति कृषि उपज जोगाउन ‘वन्यजन्तु हेरालु’लाई व्यवसायिक बनाउन सांसद खड्काको माग विकास निर्माणमा समन्वयको अभाव र प्रशासनिक बेथितिप्रति सांसदहरूको आपत्ति कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास साउन २९ देखि काँग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ शम्भूजीत,रुपक र किरणको सयुक्त प्रस्तुति ‘यो जन्ममा’ सार्वजनिक इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको माग आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुर ठिमीमा नगरप्रहरीमाथि हातपात, व्यपारीलाई १० हजार जरिवाना



अ+ अ-

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा नगरप्रहरी र सडक व्यपारीबिच हात हालाहाल भएको छ । सडक किनारा राखेको ठेलागाडा उठाउन पुगेको नगरप्रहरी र ठेलागाडावालाबिच मुडभेड परेको हो ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा सडक किनारमा ठेलामा सामान राखेर बेच्दै गरेकी एक महिलाले नगरप्रहरीले गाडा खोसेपछि नगरप्रहरीको घाँटी न्याकेको देखिन्छ । यो कुरा कृष्ण अष्टमीको दिनके हो । ती महिलाले कृष्ण अष्टमीको दिन मध्यपुर ठिमी मन्दिर छेउमा सामान बेच्न राखेकी थिइन् । सोहिक्रममा नगरप्रहरीले उनको गाडा खोसेको थियो । यद्यपी, उनको सामान भने भुईमा राखेर ठेला मात्र खोसेका थिए ।

भिडियोमा केहीबेर गाडा तानातान भएको देख्न सकिन्छ । नगरप्रहरीले उनको गाडा खोसेपछि आक्रोशित हुँदै ती महिलाले महिला नगरप्रहरीलाई आक्रमण गर्न पुगिन् । उनले भुईमा लछार्दै नगरप्रहरीको घाँटी न्याँकेकी थिईन् ।

छेउमा उभिएका सर्वसाधरणले देखेपछि महिलाबाट नगरप्रहरीलाई छुटाउन खोजेका थिए । तर ती सर्वसाधारणले नसकेपछि अरु तीन चार जना नगरप्रहरीको सहायतामा उनलाई छुट्टाएका थिए । महिलको आक्रमणबाट नगरप्रहरी हिरिकहिरिक भएकी थिइन् । लगतै आक्रमणमा परेकी नगरप्रहरीले पनि ती महिलालाई आक्रमण शैलीमा लम्किएकी थिईन् । तर उनलाई अरु नगरप्रहरीले रोके।

नगरप्रहरीको ज्यान जानेगरी आक्रमण गर्ने सडक व्यपारी महिलालाई पक्राउ गरी प्रहरीले एक दिन थुनामा राखेको थियो । उनलाई एक दिन थुनामा राखेर नगरपालिकामा आएर १० हजार जरिवाना तिराउने सहमति भएपछि उनलाई छाडिएको थियो ।




भर्खरै