३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह

इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले अनसनरत इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत डा. हरिजनको जीवनरक्षाका लागि सरकारलाई संवेदनशील बन्न आग्रह गरिन्।

उनले इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने माग गरिन्। साथै, श्रम ऐनमा व्यवस्था भएअनुसार कार्यघण्टासम्बन्धी प्रावधान पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

संसद्मा उनले भनिन्, “अहिले वीर अस्पतालको आईसीयूमा एमबीबीएस तथा बीडीएस इन्टर्नका आन्दोलनरत डा. डिल्ली हरिजन हुनुहुन्छ। माइतीघर मण्डलामा अनसन बसेका उहाँ अहिले आईसीयूमा हुनुहुन्छ। उहाँहरूको मुख्य माग इन्टर्न चिकित्सकलाई पनि समान पारिश्रमिक उपलब्ध गराइयोस् भन्ने हो। चिकित्सकहरूको मासिक निर्वाह भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयन होस् र श्रम ऐनअनुसारको कार्यघण्टा लागू गरियोस् भन्ने माग लिएर उहाँहरू आन्दोलनमा हुनुहुन्छ। यी माग तत्काल सम्बोधन गर्न म स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु। उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेकाले सदनमा रहेका चिकित्सकहरूको समेत यसतर्फ ध्यान जान आवश्यक छ।”

प्रमुख सचेतक ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी विषयमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन पनि सभामुखको ध्यानाकर्षण गराइन्।