२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

‘ग्लोबल छनोट ए’मा सहभागिता जनाउन नेपाली टोली आज ओमान प्रस्थान गर्दै

‘ग्लोबल छनोट ए’मा सहभागिता जनाउन नेपाली टोली आज ओमान प्रस्थान गर्दै
अ अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ‘ग्लोबल छनोट ए’मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) ओमान प्रस्थान गर्दैछ ।  

आज राति ८ः३० बजे नेपाली टोली ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

​ग्लोबल छनोट ए मा नेपालसमेत गरी आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।  खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म चल्नेछन् ।

समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहँदा समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । 

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले दुबै समूहबाट सेमिफाइनलमा स्थान बनाउनेछन् । 

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ मा हुनेछ भने फाइनल फेब्रुअरी २४ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । 

फाइनल प्रवेश गर्ने दुबै टोलीले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि स्थान बनाउनेछन् । 

यस्तै, ​छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । जसमा नेपालले आयरल्यान्ड, युएई र ओमानसँग खेल्नेछ । जसलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा पनि लिइन्छ ।