• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

चुनाव हार्नु र जित्नु सामान्य होः महामन्त्री शर्मा



file

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज रूपान्तरण गर्न र देश बनाउने अभियानलाई मजबुत बनाउन कांग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलन एवं तीज मिलन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले वडा, गाउँ, नगर, क्षेत्र आदि सशक्त भएमा देश आफैँ बन्ने र पार्टी पनि मजबुत हुने बताउनुभयो ।

महामन्त्री शर्माले राजनीतिक उपलब्धिको स्थायित्व र समाज रूपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको बताउनुभयो छ । “चुनाव हार्नु र जित्नु सामान्य प्रक्रिया हो”, उहाँले भन्नुभयो, “तर देश बनाउन र समाज रूपान्तरण गर्न कांग्रेस अभियान मजबुत बन्नुपर्छ ।”

संविधान निर्माण र राजनीतिक उपलब्धि हात पार्ने कुरामा नेपाली कांग्रेसले सधँै नेतृत्वदायी भूमिका खेलेको बताउँदै शर्माले प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको उल्लेख गर्नुभयो ।

राम्रा कामको अनुकरण र प्रशंसा जुनसुकै दलबाट गर्न सकिने बताउँदै महामन्त्री शर्माले संविधान निर्माणका क्रममा तत्कालीन सभामुख सुवास नेम्वाङको शालीनता र भद्रताको प्रशंसा गर्दै उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सुशीला ढकाल आचार्य र गोमा भट्टराई, झापा सभापति देउकुमार थेवे, कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, प्रमोदहरि गुरागाईंलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । रासस