• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

दीपिकाले ‘जवान’का लागि कुनै पारिश्रमिक लिइनन्



एजेन्सी । ‘जवान’सँगै शाहरुख खान फेरि एकपटक बक्स अफिस र बलिउडको बादशाह बनेका छन् । मात्र ८ दिनमा जवानले बक्स अफिसमा कुल ३६९.४३ करोड कमाएर इतिहास रचेको छ ।

जवानमा शाहरुख खानसँग नयनतारा र विजय सेतुपति मात्र मुख्य भूमिकामा देखिएका छैनन्, शाहरुखको भाग्यशाली चार्म दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिएकी छन् ।

दीपिका पादुकोणलाई फेरि एकपटक शाहरुख खानसँग देख्नु फ्यानका लागि ट्रीटभन्दा कम छैन । यद्यपि, दीपिकाले हालै खुलासा गरेकी छिन् कि उनले जवानमा अभिनय गरेबापत एक पैसा पनि लिएकी छैनन् ।

शाहरुख र दीपिकाले ओम शान्ति ओम, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर र पठान जस्ता फिल्ममा सँगै काम गरेका छन् । जबकी जवानमा, दीपिकाको शाहरुखसँग विस्तारित क्यामियो छ जुन फिल्मको कथाको लागि धेरै महत्त्वपूर्ण छ ।