१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते



अ+ अ-

एजेन्सी । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् ।

ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारवाही एवं उचित उपचार सुनिश्चित गरिएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

भवन भित्र लिफ्ट जडान भइरहेका बेला त्यो एक्कासी चुडिँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुरक्षा अधिकारीहरूले बताएका छन् । यसअघि महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको थियो

निर्माणस्थलमा सुरक्षाका उपाय नअपनाउँदा तथा कामदार एवं ठेकेदारले लापवाही गर्दा देशमा दैनिकजसो यस्ता दुर्घटना हुने गरेका छन् । बितेका आठ महिनामा मुम्बई महानगरमा मात्र यस्तै प्रकृतिका २४ वटा दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । अघिल्लो वर्ष सोही अवधिमा भएका १४ वटा दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।