२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः भारत र बंगलादेश औपचारिकताका लागि खेल्दै



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को सुपर–४ चरणको अन्तिम खेल आज भारत र बंगलादेशबीच हुँदैछ । खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।

फाइनलमा स्थान बनाइसकेको भारतीय टोलीसँग प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने मौका छ । भारतले अहिलेसम्म एउटा पनि हार बेहोरेको छैन । प्रतियोगितामा भारतको यो पाँचौं खेल हुनेछ ।

पाकिस्तानसँगको पहिलो खेल भने निष्कर्षविहीन भएको थियो । त्यसपछि भारतले नेपाल, पाकिस्तान र श्रीलंकालाई हराएको थियो ।

बंगलादेशको टोली एसिया कपबाट बाहिरिएको छ । बंगलादेशले भारतविरुद्धको यो खेल जित्यो भने उसको २ अंक मात्र हुनेछ, जुन फाइनल पुगेका श्रीलंका र भारत दुबैभन्दा कम हुनेछ । तसर्थ यो खेल औपचारिकताका लागि मात्रै हुनेछ ।

हेड टु हेडः
भारत र बंगलादेशबीच अहिलेसम्म ३९ ओडिआई खेल भएका छन् । भारतले ३१ खेल जितेको छ भने बंगलादेशले ७ खेल जितेको छ । १ खेलको नतिजा आएको छैन । एकदिवसीय ढाँचामा, दुबै टोलीहरू अन्तिम पटक डिसेम्बर २०२२ मा आमने सामने भएका थिए, तीन खेलको शृंखलामा भारत २–१ ले पराजित भएको थियो ।

कोलम्बोमा शुक्रबार पानी पर्ने सम्भावना ८८ प्रतिशत छ । तापमान २५ देखि ३२ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

कोलम्बोको आर प्रेमदासा स्टेडियमको पिच सामान्यतया स्पिनरहरूका लागि अनुकूल रहेको छ । यहाँ ब्याट्सम्यानले पनि राम्रो सहयोग पाएका छन् । अर्कोतर्फ, फास्ट बलरहरूले यस मैदानमा कठिनाइको सामना गर्छन् ।