• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गरेको अभियोगमा पक्राउ



सांकेतिक तस्बिर

बर्दिया । कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु ब्राण्डेड भन्दै बर्दिया जिल्लाका केही विद्यालयहरूमा उच्च मूल्यमा बिक्री गरी सर्वसाधरणलाई झुक्याई ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–२५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बर्दिया जिल्लाका केही विद्यालयहरुमा क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साईबर एण्ड लाईब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई भ्रममा पार्दै कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मूल्यमा बिक्री गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका(६ स्थित बङ्लामुखी बिद्यालयको परिसरमा उक्त सामग्रीहरु बिक्री बितरण गरिरहेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो । 

क्षेत्रीबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक ३ थान, साईबर एण्ड लाईबेरीको नाममा रहेको बिल ठेली ४ थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सिपियु १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि १८ थान, कि बोर्ड १९ थान, नेपाली बृहत शब्दकोश किताब ७ थान, अक्सफोर्ड किताब लगायतका विभिन्न शब्दकोश ३० थान,  बिभिन्न पुस्तक  र क्यालेण्डर भएको कार्टुन २९ थान प्रहरीले बरामद गरेको छ ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।