• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

शाहरुखको ‘जवान’ले एक हप्तामा कति कमायो ?



एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ले बक्स अफिसमा थुप्रै रेकर्डहरु राखेको छ । गत बिहीबार प्रदर्शनमा आएको फिल्मको एक हप्तासम्म आइपुग्दा पनि उस्तै क्रेज रहेको छ ।

फिल्मले हालसम्म ३२७ करोडको कमाई गरेको छ । यो आँकडा भारतभित्रको मात्र रहेको छ । फिल्मले ओपनिङ डे अर्थात बिहीबार ६५.५०, शुक्रबार ४६.२३, शनिबार ६८.७२, आइतबार ७१.६३, सोमबार ३०.५०, मंगलबार २४ र बुधबार २१.३० करोड गरी ३२७.८८ करोड कलेक्शन गरेको छ ।

यस्तै, यसको तमिल र तेलुगु भर्सनले एक सातामा ४१.५५ करोड कमाई गरेको छ भने विश्वव्यापी रुपमा ६४९.७७ करोड कलेक्शन गरेको छ ।

एट्लीको निर्देशन रहेको फिल्ममा शाहरुखका अलावा नयनतारा र विजय सेतुपति प्रमुख भूमिकामा छन् ।