१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको ‘जवान’ले एक हप्तामा कति कमायो ?



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ले बक्स अफिसमा थुप्रै रेकर्डहरु राखेको छ । गत बिहीबार प्रदर्शनमा आएको फिल्मको एक हप्तासम्म आइपुग्दा पनि उस्तै क्रेज रहेको छ ।

फिल्मले हालसम्म ३२७ करोडको कमाई गरेको छ । यो आँकडा भारतभित्रको मात्र रहेको छ । फिल्मले ओपनिङ डे अर्थात बिहीबार ६५.५०, शुक्रबार ४६.२३, शनिबार ६८.७२, आइतबार ७१.६३, सोमबार ३०.५०, मंगलबार २४ र बुधबार २१.३० करोड गरी ३२७.८८ करोड कलेक्शन गरेको छ ।

यस्तै, यसको तमिल र तेलुगु भर्सनले एक सातामा ४१.५५ करोड कमाई गरेको छ भने विश्वव्यापी रुपमा ६४९.७७ करोड कलेक्शन गरेको छ ।

एट्लीको निर्देशन रहेको फिल्ममा शाहरुखका अलावा नयनतारा र विजय सेतुपति प्रमुख भूमिकामा छन् ।