७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशमा पनि ‘फ्लोर क्रस’ कै चिन्ता



अ+ अ-

लुम्बिनी । आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाइएको संसद बैठकको नतिजा के होला ? चासो बढेको छ । आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित बन्न खोजेका मुख्यमन्त्री पोखरेलका लागि अब आफ्नै पार्टी भित्रका सांसदहरुलाई रोक्ने रस्साकस्सी छ । 

प्रदेशसभाको अहिलेको सांसद संख्याले पोखरेललाई विश्वासको मत लिन आफू भित्रकै सांसदहरु चुनौती बन्न सक्ने देखिएको छ । पोखरेल आफूविरुद्ध हुन सक्ने सम्भावित फ्लोर क्रस रोक्ने कसरतमा छन् भने अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरु भने फ्लोर क्रसको माहोल निर्माण गर्न माधव(झलनाथ समूहका सांसदहरुलाई फकाउन सकृय छन् ।  

प्रदेशसभाको अंकगणितको हेर्ने हो भने यो प्रदेशको सत्ता परिवर्तनको एक मात्रै विकल्प भनेकै फ्लोर क्रस हो । एमाले भित्र फुलोर क्रस नभए वर्तमान सरकारले निरन्तरता पाउने छ । जसपाका चार सांसद निलम्बनमा परेपछि सत्ता समीकरणका लागि माधव(झलनाथ पक्षका सांसद निर्णायक मानिएका छन् । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।

मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांस्द संख्या पनि ४१ नै हो । एमाले भित्रकै मत सुरक्षित हुन सके पोखरेलले आँफूभित्रबाटै मुख्यमन्त्री पदमा सुरक्षित हुने निश्चित नै छ । 

तर माधव-झलनाथ पक्षका सांसदहरुले कर्णालीमा फ्लोर क्रस गरेजस्तै यहाँ पनि गरेको खण्डमा मुख्यमन्त्री अल्पमतमा पर्ने छन् । एमाले स्रोतका अनुसार यो प्रदेशमा दुईजना सांसद माधव-झलनाथ पक्षका भनेर खुलिसकेका छन् । यो दुई मत क्रस भए मात्रै मुख्यमन्त्री पोखरेलको पद जोखिममा पर्ने छ । नागरिक दैनिकमा छ  ।