२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाक्षीले मुम्बईमा किनिन् ११ करोडको नयाँ घर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले हालै मुम्बईको एउटा आलिशान भवनमा नयाँ फ्ल्याट किनेकी छन् ।

अभिनेत्रीको यो नयाँ घरको मूल्य करिब ११ करोड भारु रहेको बताइएको छ । सोनाक्षीको यो फ्ल्याट केसी रोड, बान्द्रा नजिकै रहेको ८१ ओरियट बिल्डिङको माथिल्लो तल्लामा छ ।

रियल इस्टेट सम्बन्धी वेबसाइट ज्याप्कीका अनुसार सोनाक्षीको नयाँ घर २२०८.७ वर्ग फुटमा फैलिएको छ । अभिनेत्रीले २९ अगस्टमा आफ्नो नयाँ घर दर्ता गराएकी थिइन् । यसका लागि उनले रु ५५ लाखको स्ट्याम्प शुल्क र ३० हजारको सम्पत्ति दर्ता पनि तिरेकी छन् ।

अभिनेत्रीको यो घरमा लबी, शौचालय र एयर ह्यान्डलिङ युनिट जस्ता सुविधाहरू छन् । यसबाहेक सोनाक्षीले भवनमा ४ वटा कार पार्किङ पनि पाएकी छिन् । कागजातका अनुसार सोनाक्षीको घरमा १,६५३.६७ स्क्वायर फिटको टेरेस पनि छ ।

नायिकाको यो नयाँ घरबाट महिम खाडी र बान्द्रा वरली सी लिंकको दृश्य देखिन्छ । यसअघि सोनाक्षीले मार्च २०२० मा बान्द्रामा आफ्नो पहिलो अपार्टमेन्ट किनेकी थिइन्, जसको मूल्य करिब १४ करोड भारु थियो ।