१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाक्षीले मुम्बईमा किनिन् ११ करोडको नयाँ घर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले हालै मुम्बईको एउटा आलिशान भवनमा नयाँ फ्ल्याट किनेकी छन् ।

अभिनेत्रीको यो नयाँ घरको मूल्य करिब ११ करोड भारु रहेको बताइएको छ । सोनाक्षीको यो फ्ल्याट केसी रोड, बान्द्रा नजिकै रहेको ८१ ओरियट बिल्डिङको माथिल्लो तल्लामा छ ।

रियल इस्टेट सम्बन्धी वेबसाइट ज्याप्कीका अनुसार सोनाक्षीको नयाँ घर २२०८.७ वर्ग फुटमा फैलिएको छ । अभिनेत्रीले २९ अगस्टमा आफ्नो नयाँ घर दर्ता गराएकी थिइन् । यसका लागि उनले रु ५५ लाखको स्ट्याम्प शुल्क र ३० हजारको सम्पत्ति दर्ता पनि तिरेकी छन् ।

अभिनेत्रीको यो घरमा लबी, शौचालय र एयर ह्यान्डलिङ युनिट जस्ता सुविधाहरू छन् । यसबाहेक सोनाक्षीले भवनमा ४ वटा कार पार्किङ पनि पाएकी छिन् । कागजातका अनुसार सोनाक्षीको घरमा १,६५३.६७ स्क्वायर फिटको टेरेस पनि छ ।

नायिकाको यो नयाँ घरबाट महिम खाडी र बान्द्रा वरली सी लिंकको दृश्य देखिन्छ । यसअघि सोनाक्षीले मार्च २०२० मा बान्द्रामा आफ्नो पहिलो अपार्टमेन्ट किनेकी थिइन्, जसको मूल्य करिब १४ करोड भारु थियो ।