१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुप्रतिक्षित फिल्म ‘सालार’को रिलिज पोस्टपोन्ड



अ+ अ-

एजेन्सी । फ्यानहरू लामो समयदेखि प्रभास स्टारर फिल्म ‘सालार: द सिजफायर’ को प्रतिक्षामा थिए । यसअघि यो फिल्म २८ सेप्टेम्बरमा रिलिज हुने तय भएपनि अहिले स्थगित गरिएको छ ।

बुधबार फिल्मका निर्माताले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै रिलिज ढिलो हुनुको कारण पनि बताए । तर, हालसम्म नयाँ रिलिज मितिको बारेमा निर्माताहरूबाट कुनै नयाँ अपडेट आएको छैन ।

चलचित्र निर्माण कम्पनी होम्बल फिल्म्सले आधिकारिक विज्ञप्ति जारी गरेको छ । उसले लेखेको छ, ‘सालारलाई यति धेरै माया र समर्थन दिनु भएकोमा धन्यवाद । विभिन्न कारणले सेप्टेम्बर २८ मा फिल्म रिलिज गर्दैनौं । हामीले यो निर्णय सावधानीपूर्वक लिएका छौं, किनकि हामी तपाईंलाई सिनेमाको विशेष अनुभव दिन चाहन्छौं ।’

यसैबीच, प्रभासका फ्यानका लागि हालै अर्को खुसीको खबर आएको छ । साउथ फिल्ममेकर विष्णु मान्चुले प्रभास आफ्नो फिल्म कनप्पाको हिस्सा बन्ने पक्का गरेका छन् । विष्णु मञ्चुले यो घोषणा गरेपछि यो फिल्ममा प्रभासले भगवान शिवको भूमिका निर्वाह गर्ने बताइएको छ ।

तर, अहिलेसम्म प्रभासको क्यारेक्टरको बारेमा निर्माताले कुनै अपडेट दिएको छैन । यस फिल्ममा प्रभासका अलावा कृति सेननकी बहिनी नुपुर सेनन पनि मुख्य भूमिकामा देखिनेछिन् ।

सालार बाहेक प्रभास चाँडै ‘कल्की २८९८’ मा देखिनेछन् । यस फिल्ममा प्रभासका अलावा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा देखिनेछन् । फिल्म अर्को वर्ष जनवरी १२ मा रिलिज हुनेछ ।