५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले कतिमा किने नयाँ घर ?



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले नयाँ घर किनेका छन् । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा हालै आबद्ध भएका मेसीले महँगो मूल्यमा नयाँ घर खरिद गरेका हुन् ।

इन्टर मियामीमा आबद्ध भएयता मेसी आफ्नो परिवारसहित अमेरिकामै बस्दै आएका छन् । मेसी र उनकी श्रीमती एन्टोनेला रोकुज्जो दुबैको रोजाइमा नयाँ घर किनिएको समाचारमा जनाइएको छ । मेसीको नयाँ घर १० हजार पाँच सय स्क्वायर फिटमा फैलिएको छ ।

३६ वर्षीय मेसीले फ्लोरिडाको लाउडरडेलमा किनेको नयाँ घरमा आठवटा बेडरुम रहेको छ । उनको घरको बार्दलीबाट समुद्रको मनोरम दृश्य देख्न सकिनेछ । उनको नयाँ घरमा स्विमिङ पुल, इटालियन शैलीको किचन र तीनवटा गाडी अटाउने ग्यारेजको सुविधा रहेको छ ।

यसैगरी उनको घरमा स्पा र जिमको सुविधा पनि रहेको छ । मेसीले उक्त घर १०.८ मिलियन डलरमा (एक अर्ब ४२ करोड ७१ लाख नेपाली रुपैयाँ) खरिद गरेको न्यूयोर्क पोस्टले जनाएको छ । मेसी गत जुलाईमा इन्टर मियामीमा आबद्ध भएका थिए ।