• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

जर्मनीले फ्रान्सलाई हरायो



एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले पराजित गरेको हो ।

डर्टमण्डस्थित सिग्नल इदुना पार्क मैदानमा भएको खेलमा चौंथो मिनेटमा नै थोमस मुलरले गोल गर्दै घरेलु टोली जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ८७ औं मिनेटमा लेरोई सानेले गोल थप्दै जर्मनीको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो ।

एन्टोइन ग्रिजमनले उक्त अवसरलाई गोलमा परिणत गरे पनि टोलीलाई जित भने दिलाउन सकेनन् ।

केही दिन पहिले मात्र घरेलु मैदानमै जापानसँग जर्मनी ४–१ गोलले पराजित भएको थियो । उक्त हारपछि प्रशिक्षक हान्स फ्लिक बर्खास्तीमा परेका थिए ।