७ भाद्र २०८३, आईतवार
,
Latest
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको ५१ औं अर्धशतक, १० हजार रन पनि पूरा



अ+ अ-

एजेन्सी । एसिया कप २०२३ को सुपर–४ चरणको चौथो खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । भारतले टस जितेर पहिले ब्याटिङ थालेको छ ।

भारतले १३ ओभरमा एक विकेट गुमाएर ९० रन बनाएको छ । कप्तान रोहित शर्मा र विराट कोहली क्रिजमा छन् । रोहितले आफ्नो एकदिवसीय करियरको ५१ औं अर्धशतक पूरा गरेका छन् ।

शुभमन गिल १९ रन बनाएर आउट भए । उनलाई डुनिथ भेलाल्गेले बोल्ड गरेका थिए ।

यसअघि रोहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरिसकेका छन् । उनले २४१ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् ।

सबैभन्दा छिटो १० हजार रन बनाउने क्रिकेटरको सूचीमा कोहलीपछि रोहित दोस्रो स्थानमा छन् ।