७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा लाखौँको लगानी



अ+ अ-

जानकी । “अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ”, यो भनाइ हो नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडि कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको । सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोँचले रिचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गर्नुभयो । तत्कालीन समयमा रु पाँच हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि दुई सय ५० सम्मको फाइदा भएको उहाँले बताउनुभयो ।

“सुरुमा सानो पुँजीमा पाँच वटा जति गहना किनेकी थिएँ । त्यो जम्मा पाँच हजारको थियो”, उहाँले भन्नुभयो, “एउटा गहनाबाट त्यतिखेर दुई सय ५० सय जतिको नाफा भएको थियो । त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुई वटा साथीलाई उपहार दिएँ ।”

विगत दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उहाँको तलब मासिक रु ३५ हजार थियो । तर उहाँ त्यो कामबाट सन्तुष्ट हुनुभएन ।

आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले रिचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न सुरु गर्नुभयो । जुन नेपालगञ्जमा एकदमै नयाँ थियो । “अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैंँ लागिरहन्थ्यो । त्यो फरक मैले नेपालगञ्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ”, उहाँले भन्नुभयो, “यो व्यवसायको बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी लगाउन सुरु गरेंँ र आफ्नै घरबाट यस्को सुरुवात गरेँ ।”

उहाँले व्यवसायको विज्ञापन फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमार्फत गरिरहनुभएको छ । उहाँ टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउनुहुन्छ । रिचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ । “अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु”, उहाँले भन्नुभयो, “टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ ।”

हाल उहाँले मासिक रु १० लाखको कारोबार गर्नुहुन्छ । जसबाट रु एक लाख ५० हजारको हाराहारीमा नाफा हुने गरेको उहाँको भनाइ छ । “घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नुपर्दैन, बिहानैदेखि रातिसम्म उहाँको घरमा सामान किन्न आउनेको घुइँचो हुने गरेको उहाँले सुनाउनुभयो ।

हिजोआज रिचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ । महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्नुहुने रिचालाई गत वर्ष फागुनमा महिला उद्यमी सङ्घ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो ।

व्यवसाय सुरु गरेको केही समयमै महिला उद्यमी सङ्घको व्यापार मेलाले रिचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पुर्‍यायो । उहाँका अनुसार उक्त मेलामा रिचाले रु ६५ हजारको लगानीबाट एक लाख ३० हजारको आम्दानी गर्नुभएको थियो । “त्यतिबेला भखैरै व्यापार सुरु गरेकी थिएँ । त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो”, उहाँले भन्नुभयो, “मैले तत्कालीन समयमा जोखिम लिए रु ६५ हजार लगानी गरेकी थिएँ तर नसोचेकै फाइदा भयो । मैले रु एक लाख ३० हजारको आम्दानी गर्न सफल भएकी थिएँ ।”

दुई सन्तानकी आमा रिचाले दुई छोराको नामबाट जेडी कलेक्सनको नाम राख्नुभएको हो । रिचा मागअनुसार नेपालको पूर्वी जिल्ला झापादेखि पश्चिमको महेन्द्रनगरसम्म कुरियरमार्फत सामान पठाउने गर्नुहुन्छ । रासस