९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्धको शतकपछि कोहलीले भने– म धेरै थाकेको छु, अन्तर्वार्ता छोटो राख्नुहोला



अ+ अ-

एजेन्सी । एसिया कप २०२३ मा पाकिस्तानविरुद्धको सुपर फोरको खेलमा विराट कोहलीले उत्कृष्ट शतक प्रहार गरेका थिए ।

एकदिवसीय क्रिकेटमा आफ्नो ४७ औं शतक प्रहारसँगै कोहलीले यस ढाँचामा कपको सबैभन्दा छोटो इनिङ्समा १३ हजार रन पुरा गरेका छन् । कोहलीले १२२ रनको अविजित इनिङ्समा नौ चौका र तीन छक्का प्रहार गरे ।

उनले बाउन्ड्रीबाट ५४ रन र भाग्दै ६८ रन बनाए । यो इनिङ्सपछि विराट कोहलीले आफू निकै थकित भएको र अन्तर्वार्ता छोटो राख्न आग्रह गरेको बताए ।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा गर्मी र आर्द्रताको बीचमा कोहलीले उत्कृष्ट शतक बनाए । यो उनको करियरको उत्कृष्ट इनिङ्स मध्ये एक हो । विराट आइतबार ब्याटिङ गर्न आएका थिए तर वर्षाका कारण १६ बल खेलेर फर्किनुपरेको थियो । २४ घण्टापछि खेल फेरि सुरु भयो र कोहलीले ९४ बलमा १२२ रनको अविजित इनिङ खेले ।

प्लेयर अफ द म्याचको अवार्ड जितेपछि कोहलीले पूर्व भारतीय क्रिकेटर सञ्जय मांजरेकरलाई भने, ‘म तपाईलाई अन्तर्वार्ता छोटो राख्न भन्न चाहन्छु, म निकै थकित छु ।’ मञ्जरेकरले जवाफ दिए कि उनी केवल प्रश्नहरू लिन्छन् र कोहलीले मुस्कुराउँदै जवाफ दिए ।

कोहली अब परिपक्व ब्याट्सम्यान भइसकेका छन् र उनको अधिकांश रन चौका वा छक्काबाट आउँदैनन् । तर, उनले दौडिएर आफ्नो अधिकांश रन बनाउँछन् । पाकिस्तानविरुद्ध कोहलीको १२२ रनमध्ये ५४ रन मात्र चौका र छक्काबाट आएका थिए ।