१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन

मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन
अ अ+ अ-

मनाङ । न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण यहाँ भर्खरै सुरु भएको कोरोना विरुद्धको खोपको बुस्टर मात्र अभियान रोकिएकामा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । 

माघ २० गतेदेखि मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर खोप अभियान सञ्चालन भए पनि हिमपातका कारण रोकिएको थियो । माथिल्लो मनाङमा खोप अभियानकै क्रममा भारी हिमपात भएपछि केही दिन रोकिएको खोप अभियान बुधबारबाट पुनः सञ्चालनमा आएको छ । खोप आजै माथिल्लो मनाङवासीलाई लगाउन सकिने स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । 

“बुस्टर खोप लगाउन छुटेका व्यक्तिका लागि उनीहरु जिल्लामा आएपछि लगाउने व्यवस्था गरिएको छ । ‘‘उहाँहरु सम्पर्कमा आउनुपर्ने हुन्छ, सूचना पनि जारी गरिएको छ,” उहाँले भन्नुभयो । कोभिसिल्ड र भेरोसिल्डको  दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमण विरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार अभियानकै क्रममा भारी हिमपात भएपछि रोकिएको खोप कार्यक्रम सुरु भएको छ । छ महिना अघि कोरोना विरुद्धको खोप लगाइसकेको र उक्त खोपको रोग प्रतिरोधात्मक क्षमता क्रमशः घट्दै जाने भएकाले सरकारले अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप अभियानलाई तीव्रता दिएको छ । 

यसका लागि सरकारले कोभिसिल्ड र भेरोसिल्ड खोप स्वास्थ्य कार्यालयमा उपलब्ध गराएको छ । जिल्लाका स्थानीय तह अन्तर्गतको शाखामा खोप पठाइसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो । अधिकांश नागरिकले कोभिसिल्ड, भेरोसिल्ड र जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन् ।

 विभिन्न कारणले यसअघि कोरोना विरुद्धको खोप लगाउन छुटेका सबै नागरिकलाई खोपको पहँुचमा जोडिने भएको छ । उहाँका अनुसार यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको मोडर्ना खोप पनि जिल्लामा आइसकेको छ । तर जाडो छल्न बेँसी ९जिल्लाबाट बाहिर० जाने भएकाले सबै बालबालिकालाई खोप लगाउन नसकिएको प्रमुख आचार्यले बताउनुभयो । 

हिमपातकै कारण नार्पाभूमि गाउँपालिकामा भने खोप अभियान सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । नासों गाउँपालिकामा तोकिएका केन्द्रमार्फत लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर खोप लगाइसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चामे गाउँपालिका, नासों गाउँपालिकामा भने खोप लगाइसकिएको छ । 

जाडोका कारण नार्पाभूमिवासी जिल्लामा नरहेकाले पनि समय तोक्न नसकिएको स्वास्थ्य प्रमुख आचार्य बताउनुहुन्छ । ‘‘नार्पाभूमिवासी फागुन महिनाको दोस्रो साता मात्रै जिल्ला फर्कने भएकाले उनीहरु फर्किनासाथ बुस्टर खोप लगाउने व्यवस्था गरिएको छ,’’ आचार्यले भन्नुभयो । 

मनाङ सबैभन्दा पहिलो कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । गत विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन । हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो । 

मनाङमा माइनस २० डिग्री तापक्रममा समेत स्थानीय नागरिक बुस्टर खोप लगाउन उत्साहजनक सहभागिता रहेको उहाँले बताउनुभयो । जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका थिए । तर, नार्पाभूमि र माथिल्लो मनाङका बालबालिकाले भने यो खोप लगाउने मौका पाएनन् । 

हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीयवासीसँगै त्यहाँका बालबालिका बेँसी झरेकाले त्यहाँ मोडर्ना खोप अभियान प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । यहाँ गर्मीयाम लागेपछि स्थानीय नागरिक गाउँ फर्किने गर्दछन् । उनीहरु जिल्ला फर्किनासाथ खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।