२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’

मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन

मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन
अ अ+ अ-

मनाङ । न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण यहाँ भर्खरै सुरु भएको कोरोना विरुद्धको खोपको बुस्टर मात्र अभियान रोकिएकामा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । 

माघ २० गतेदेखि मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर खोप अभियान सञ्चालन भए पनि हिमपातका कारण रोकिएको थियो । माथिल्लो मनाङमा खोप अभियानकै क्रममा भारी हिमपात भएपछि केही दिन रोकिएको खोप अभियान बुधबारबाट पुनः सञ्चालनमा आएको छ । खोप आजै माथिल्लो मनाङवासीलाई लगाउन सकिने स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । 

“बुस्टर खोप लगाउन छुटेका व्यक्तिका लागि उनीहरु जिल्लामा आएपछि लगाउने व्यवस्था गरिएको छ । ‘‘उहाँहरु सम्पर्कमा आउनुपर्ने हुन्छ, सूचना पनि जारी गरिएको छ,” उहाँले भन्नुभयो । कोभिसिल्ड र भेरोसिल्डको  दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमण विरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार अभियानकै क्रममा भारी हिमपात भएपछि रोकिएको खोप कार्यक्रम सुरु भएको छ । छ महिना अघि कोरोना विरुद्धको खोप लगाइसकेको र उक्त खोपको रोग प्रतिरोधात्मक क्षमता क्रमशः घट्दै जाने भएकाले सरकारले अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप अभियानलाई तीव्रता दिएको छ । 

यसका लागि सरकारले कोभिसिल्ड र भेरोसिल्ड खोप स्वास्थ्य कार्यालयमा उपलब्ध गराएको छ । जिल्लाका स्थानीय तह अन्तर्गतको शाखामा खोप पठाइसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो । अधिकांश नागरिकले कोभिसिल्ड, भेरोसिल्ड र जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन् ।

 विभिन्न कारणले यसअघि कोरोना विरुद्धको खोप लगाउन छुटेका सबै नागरिकलाई खोपको पहँुचमा जोडिने भएको छ । उहाँका अनुसार यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको मोडर्ना खोप पनि जिल्लामा आइसकेको छ । तर जाडो छल्न बेँसी ९जिल्लाबाट बाहिर० जाने भएकाले सबै बालबालिकालाई खोप लगाउन नसकिएको प्रमुख आचार्यले बताउनुभयो । 

हिमपातकै कारण नार्पाभूमि गाउँपालिकामा भने खोप अभियान सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । नासों गाउँपालिकामा तोकिएका केन्द्रमार्फत लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर खोप लगाइसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चामे गाउँपालिका, नासों गाउँपालिकामा भने खोप लगाइसकिएको छ । 

जाडोका कारण नार्पाभूमिवासी जिल्लामा नरहेकाले पनि समय तोक्न नसकिएको स्वास्थ्य प्रमुख आचार्य बताउनुहुन्छ । ‘‘नार्पाभूमिवासी फागुन महिनाको दोस्रो साता मात्रै जिल्ला फर्कने भएकाले उनीहरु फर्किनासाथ बुस्टर खोप लगाउने व्यवस्था गरिएको छ,’’ आचार्यले भन्नुभयो । 

मनाङ सबैभन्दा पहिलो कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । गत विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन । हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो । 

मनाङमा माइनस २० डिग्री तापक्रममा समेत स्थानीय नागरिक बुस्टर खोप लगाउन उत्साहजनक सहभागिता रहेको उहाँले बताउनुभयो । जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका थिए । तर, नार्पाभूमि र माथिल्लो मनाङका बालबालिकाले भने यो खोप लगाउने मौका पाएनन् । 

हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीयवासीसँगै त्यहाँका बालबालिका बेँसी झरेकाले त्यहाँ मोडर्ना खोप अभियान प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । यहाँ गर्मीयाम लागेपछि स्थानीय नागरिक गाउँ फर्किने गर्दछन् । उनीहरु जिल्ला फर्किनासाथ खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।