७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराउनुभएको थियो ।

नेपालमा सञ्चालन गर्न सकिने उद्योग, सामाजिक उत्तरदायित्वअन्र्तगत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधि सम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औधोगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा सामसुङका उपाध्यक्ष द्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्यून लि, नेपालका लागि कोरियाली राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालगायतको उपस्थिति थियो ।

स्वदेशमै टिभी उत्पादन र रोजगारीको अवसर
सामसुङ कम्पनीको प्रविधिमा आधारित रहेर गोल्छा समूहले नेपालको नवलपरासीको भूमहीमा पूर्ण टिभी जडान उत्पादन कारखाना सञ्चालनमा ल्याएको पनि सो अवसरमा जानकारी दिइयो ।

गत अप्रिलदेखि सो कारखाना सञ्चालनमा आएको जनाइएको छ । सो कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक एक लाख वटा टिभी तयार हुने तथा एक हजार जनाले रोजगारी पाउनसक्ने बताइएको छ ।

राष्ट्रपति पौडेललाई सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले उक्त कुराको जानकारी गराउनुभयो । साथै सामसुङको प्रविधि हस्तान्तरण कार्यक्रमअन्र्तगत पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा सामसुङ इन्नोभेसन क्याम्पस सञ्चालनअन्र्तगत एक सय जना विद्यार्थीलाई सहभागी गराई दुई वर्षे कार्यक्रम सञ्चालनमा रहेको सो अवसरमा जानकारी दिइयो ।

राष्ट्रपति पौडेलले प्रविधि हस्तान्तरण सम्बन्धी कार्यक्रम, कारखानामा तयार हुने टिभी तथा त्यसबाट यहाँ सृजना हुने रोजगारीप्रति प्रसन्नता प्रकट गर्नुभएको बताइएको छ । रासस