२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीको नाम विवाद सम्वादबाटै समाधान गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामबारे सम्वादबाटै समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

सोमबार समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्रीले कोशी नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर सम्वाद गरेको बताउनुभयो ।

सम्वाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिर्वतन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने बताउदै उहाँले भन्नुभयो, ‘कन्फ्रन्टेसन होइन, वार्ता र सम्वादबाट जनताको भावनाको कदर हुने गरी सामाधान खोजिनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतंकित भएको बताउनुभयो । उहाँले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको बताउदै भन्नुभयो, ‘सरकार कतिञ्जेल टिक्छ भन्ने मतलब छैन भ्रष्टाचारको विरुद्व अन्तिम समय सम्म लड्ने छु । सरकार एक्लैले मात्र लडेर जित्न सकिन्न, जनताका साथ अपरिहार्य छ।’