• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

‘जवान’ले तोड्यो सबै फिल्महरुको रेकर्ड



एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ । ओपनिङ डेमा ६५ करोड ५० लाखको कमाई गर्दै रेकर्ड राख्न सफल भएको फिल्मले एकपछि अर्को रेकर्ड बनाएको छ ।

यसैबीच यो फिल्म सबैभन्दा छिटो २५० करोड कमाई गर्ने हिन्दी फिल्म बनेको छ । फिल्मले ४ दिनमा यो रेकडै बनाएको हो । यसअघि ‘पठान’ले ५ दिनमा, गदर २ ले ६ दिनमा, केजीएफ २ ले ७ दिनमा, बाहुबली २ ले ८ दिनमा तथा दंगल, टाइगर जिन्दा हे र सञ्जुले १० दिनमा यो आंकडा छोएका थिए ।

जवानले बिहीबार ६५.५०, शुक्रबार ४६.२३, शनिबार ६८.७२ र आइतबार ७१.६३ करोडको कमाई गर्दै चार दिनमा २५२.८ करोड कलेक्शन गरेको छ । यो व्यापार भारतको मात्रै रहेको छ । विश्वव्यापीरुपमा फिल्मले ५२० करोडभन्दा बढी कमाई गरिसकेको छ ।

एट्लीको निर्देशन रहेको फिल्ममा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति प्रमुख भूमिकामा छन् ।