९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अमेरिका भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन, आधाले घट्यो टोलीको संख्या

अमेरिका भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन, आधाले घट्यो टोलीको संख्या
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि २४ जना अमेरिका जाने निर्णय भएको थियो । प्रधानमन्त्री प्रचण्डले उक्त संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव वैकुण्ठ अर्याललाई निर्देशन दिनुभएको छ । यद्यपि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको ७ सदस्यीय एउटा टोली भने भोलि अमेरिका प्रस्थान गर्दैछ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेतृत्वमा जाने दुवै टोलीमा गरेर अब १२ जना मात्र अमेरिका प्रस्थान गर्ने छन् । परराष्ट्रमन्त्रीको टोलीमा परराष्ट्रसचिव, शिष्टाचार महापाल, राष्ट्रसंघ हेर्ने सहसचिवलगायत रहनुहुनेछ । प्रधानमन्त्रीले अहिले देशको आर्थिक अवस्था पनि खासै नभएको र यस्तो बेला ठूलो समूह लगेर जानुको कुनै अर्थ नभएको भन्दै भोलि मंगलबारको मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवलाई संख्या कटौतीको प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँग अब एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुनेछन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार स्वकीय सचिवबाट पनि को जाने भनेर अहिलेसम्म टुंगो नलागिसकेको र सम्भवतः गंगा दाहाल नै जाने पक्का छ । गंगा प्रधानमन्त्री प्रचण्डकी छोरी पनि हुन्। प्रधानमन्त्रीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा जाने यो सबैभन्दा सानो टिम हुनेछ। यसअघि अमेरिका जाने भनेर निर्णय भएका मुख्यसचिव वैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नामसहित प्रधानमन्त्री कार्यालयका केही सहसचिव र उपसचिवको नाम पनि भ्रमण टोलीको सदस्यबाट कटौतीमा परेको छ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई पनि भ्रमण टोलीबाट हटाइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । महासभाको ७८ औँ सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानु हुनेछ ।