• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने ! ★   मधेशमा नयाँ सरकार गठन गर्न आह्वान, शुक्रबारसम्मकाे समयसीमा ★   आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक ★   गृहमन्त्री लामिछानेको गुनासो: सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ★   मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत ★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन ★   देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी ★   सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला ★   अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन

कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् ।

गत साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएपछि आन्दोलित उनीहरुले भन्सारका सबै सेवा ठप्प पारेका हुन् ।

उनीहरुले सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको आरोप लगाएका छन् । विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको बताइएको छ ।

कर्मचारीहरुले आइतबार नै आन्दोलनका कार्याक्रम घोषणा गरेका थिए । साहीअनुरुप उनीहरुले हिजो पेन डाउन गरेका थिए । आजदेखि भने उनीहरुले सेवा नै ठप्प पारेका छन् । कर्मचारीहरुका अनुसार औषधिबाहेकको भन्सार जाँचपास आज हुँदैन र भोलि पनि सेवा अवरुद्ध हुनेछ ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।