१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

भृकुटीमण्डप क्षेत्रमा मन्त्री उमा रेग्मीको अनुगमन, अनियमितता गर्नेमाथि कारबाही गर्ने चेतावनी (भिडियो सहित)

भृकुटीमण्डप क्षेत्रमा मन्त्री उमा रेग्मीको अनुगमन, अनियमितता गर्नेमाथि कारबाही गर्ने चेतावनी (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गर्नु भएको छ । भुकटीमण्डपभित्र रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गर्नु भएको हो ।

त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उहाँले बताउनु भयो । मन्त्री रेग्मीले सञ्चारकर्मीहरुमाझ भृकुटीमण्डपभित्र भाँडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिनु भयो । अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको उहाँले स्पष्ट पार्नु भयो । मन्त्री रेग्मीले भन्नु भयो, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ । त्यसकारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जोजो बस्नु भएको छ ।

उहाँहरुले पनि सहयोग गर्नुपर्यो । र यसलाई म व्यवस्थित गर्न चाहन्छु । धेरैले भाडा नतिर्ने गरेको पाइयो । भाडा नतिर्नेलगायत जसले अनियमितता गरेको छ, उसलाई कारबाही हुन्छ नै । अनियमितता गरेर बसेका छन भने कारबाहीको दायरामा आउनु पर्छ ।’ मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियाहरुले गरिरहेको उल्लेख गर्दै अव सोझैं समाज कल्याण परिषदले भाडा सम्झौंता गर्ने व्यवस्था गर्न लागिएको बताउनु भयो । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ ।

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरुलाई पनि सहयोग गर्न पटकपटक आग्रह गर्नु भयो ।