२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोकोभिचले जिते युएस ओपन २०२३ को उपाधि



अ+ अ-

एजेन्सी । सर्बियाका नोभाक जोकोभिचले युएस ओपन २०२३ को उपाधि जितेका छन् । फाइनलमा उनले रुसका डेनिल मेदभेदेवलाई हराए ।

जोकोभिचको यो २४औँ ग्राण्डस्लाम र चौथो अमेरिकी पुरुष एकल उपाधि हो । उनले ग्रान्डस्लाम जित्ने सन्दर्भमा मार्गरेट कोर्टसँग बराबरी गरे ।

न्यूयोर्कको मार्गरेट कोर्टमा भएको फाइनलमा जोकोभिकले डेनिल मेदभेदेवलाई कठिन खेलमा ६–३, ७–६, ६–३ को सेटमा हराए । ३६ वर्षीय जोकोभिचले पहिलो सेट ६–३ ले सहजै जितेका थिए । मेदभेदेवले दोस्रो सेटमा पुनरागमन गर्ने प्रयास गरे तर जोकोभिचले दोस्रो सेट पनि ७–६ ले जिते ।

तेस्रो सेटमा ६–३ को सहज जित निकाल्दै उनले कीर्तिमानी २४औं ग्रान्डस्लाम उपाधि जिते । जोकोभिचले २०२१ मा यूएस ओपनको फाइनलमा मेदभेदेवसँगै हार बेहोरेका थिए ।

जोकोभिचको यो चौथो यूएस ओपन उपाधि हो । उनले यसअघि सन् २०११, २०१५ र २०१८ मा युएस ओपनको उपाधि जितेका थिए । कीर्तिमान ३६ औं पटक ग्रान्ड स्लामको फाइनलमा पुगेका जोकोभिचले २४ उपाधि जितेका छन् ।