२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज रिजर्भ डेमा पाकिस्तान र भारतबीचको खेल हुँदै



अ+ अ-

एजेन्सी । एसिया कपको सुपर–४ चरणमा आइतबार भारत र पाकिस्तानबीचको खेल वर्षा र भिजेको मैदानका कारण पूरा हुन सकेन । अब खेल आज (रिजर्भ डे) कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा ३ बजेदेखि हुनेछ ।

खेल रोकिएको ठाउँबाट फेरि सुरु हुनेछ । खेल रोकिँदासम्म भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । यहीँबाट खेल सुचारु हुनेछ ।

भारतीय इनिङ्सको समयमा साँझ ५ बजेर ७ मिनेट जाँदा भारी वर्षा सुरु भएको थियो । करिब डेढ घण्टासम्म परेको वर्षाका कारण मैदानका केही भाग भिजेको थियो । ग्राउन्ड स्टाफले करिब ४ घण्टासम्म ती भाग सुकाउने प्रयास गरिरहे । कहिले कर्मचारीले फोहोर फाल्ने, कहिले पंखाको हावाले ती ठाउँहरू सुकाउने प्रयास गरियो ।

यस अवधिमा अम्पायरहरूले धेरै पटक मैदानको निरीक्षण पनि गरे । चौथो पटक निरीक्षण गर्दा राति ८ः४५ बजे फेरि पानी परेपछि खेल रिजर्भ डेमा गर्ने निर्णय भएको थियो ।

खेल रोकिनुअघि पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । विराट कोहली ८ रनमा अविजित छन् भने केएल राहुल १७ रनमा अविजित छन् ।

यस्तै, शुभमन गिल ५८ रन बनाएर आउट भए । उनलाई पाकिस्तानका शाहिन शाह अफ्रिदीले आउट पारे । यसअघि कप्तान रोहित शर्मा ५६ रन बनाएर आउट भए । उनको विकेट शादाब खानले लिए ।




भर्खरै