३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ ।

स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना हुनुभएको थियो ।

सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बिपिएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहनुभएका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको वीरेन्द्र अस्पतालले जनाएको छ । रासस