२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिन्छः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिएको बताउनुभएको छ ।

आईतवार मकवानपुरको हेटौँडामा समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशालई समाजवादको दिशामा लिएर जानका लागि गणतन्त्रको प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले माजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने ? सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभुति दिने कसरी ? विकासको अभियान कसरी सञ्चालन गर्ने ? जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने ? भन्नेकुरा समाजवादी मोर्चाको उद्देश्यसँग जोडिएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्रलाई हामीले समाजवादको दिशामा लिएर जानका लागि उपयोग गर्नुपर्ने आवश्यकता छ । ती काम गर्नका लागि समाजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने ? सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभुति दिने कसरी ? विकासको अभियान कसरी सञ्चालन गर्ने ? जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने ? यी सबै कुराहरु हाम्रो उद्देश्यसँग जोडिएका छन् । यी तीन वटै उद्देश्य राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति हामी अघि बढ्नुपर्ने आवश्यकता छ । केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नो आफ्नो जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्नुपर्छ ।’

अध्यक्ष नेपालले केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नोआफ्नो जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्नुपर्ने बताउनु भयो ।