• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

मध्यरातमा झरनाको स्टाटसः चलचित्र चल्न नदिने अवस्थाले मर्नु न बाँच्नु भइरहेछ



काठमाडौँ । चलचित्र ‘एक भगवत् गीता’लाई चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि विवाद बढ्दो छ । धार्मिक संगठनहरूले फिल्मको नाम फेर्न दबाब दिएपछि विकास बोर्डले सेन्सर अनुमति दिन रोक लगायो ।

यसैबीच फिल्मकी निर्देशक झरना थापाले मध्यरातमा फसबुकमा एक पोस्ट गरेकी छन् । पोस्टमा उनले आफू फिल्ममा अनावश्यक हस्तक्षेपले निम्त्याएको अवस्थाले आफू निदाउन नसकिएको उल्लेख गरेकी छन् ।

स्वयम् श्रीकृष्णको भक्त भएकाले चलचित्रले धार्मिक संहिष्णुतामा खलल नगरेको उनले प्रष्ट पारेकी छन् ।

‘मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ, प्रिय दर्शक हजुरहरुको मायाले म पर्दामा छाइरहेँ, मैले पनि दिनरात , झरीबादल , घर परिवार नभनी हजुरहरुलाई मनोरञ्जन दिन अथक काम गरिरहेँ, सम्पूर्ण नेपाली दर्शकहरुको माया र साथको कारणले म अभिनय हुँदै निर्देशनमा आइपुगेको छु, म जहाँ छु , जे छु , जस्तो छु , म नेपाली जन र नेपाली मनको आशिर्वादले छु , यहि प्रेरणाले म मेरो अन्तिम साससम्म चलचित्रमै काम गर्छु भनेर हिँडीरहेकी छु , मेरो जिन्दगी भनेकै चलचित्र कर्म र दर्शक हरुको खुसि हो , त्यसबाहेक केहि छैन ।’ उनले भनेकी छन् ।

आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको र श्रीमद्भागवत गीता आफैँमा चलचित्र कर्मको प्रेरणा रहेको बताउँदै धार्मिक आस्था र सहिष्णुतामा आफू सचेत रहेको उनले प्रस्ट्याएकी छन् । साथै, आफूले कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको समेत बताएकी छन् ।